हस्तकला व्यापार मेला मङ्सिर ३ देखि हुने

१२ कात्तिक, काठमाडौं । नेपाल हस्तकला महासंघले विगत वर्षहरु जस्तै यसवर्ष पनि आगामी मंसिर ३ देखि ५ गतेसम्म १८ औ हस्तकला व्यापार मेला तथा १६ औं क्राफ्ट कम्पिटिसन आयोजना गर्ने भएको छ । विगत वर्षहरुमा काठमाडौको भृकुटीमण्डपमा आयोजना गरिँदै आएको मेला यसवर्ष काठमाडौं हायात रिजेन्सी होटल, बौदमा आयोजना गरिने हस्तकला महासंघले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कोरोना महामारीका कारण सिथिल बनेको नेपाली हस्तकलाको आन्तरिक तथा वाह्यै बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा रहेको छ । मेला उद्घाटन प्रधानमन्त्री शेरवहादुर देउवाले गर्नु हुने र मेला अवलोकनका लागि उच्च सरकारी अधिकारी, निर्यातकर्ताका साथै नेपालस्थित विभिन्न मुलुकका राजदूतलाई पनि आमन्त्रण गरिएको मेला संयोजक रवीन्द्र शाक्यले जानकारी दिनुभयो ।

उक्त मेलामा हस्तकला लगायत विभिन्न वस्तुको करिब एकसय २० स्टल रहने छन् भने मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत नेचुरल फाईवर(प्राकृतिक रेसा) र फिलगिरी गरी दुइ विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरी कला प्रतियोगितका संयोजक राजमान वज्राचार्यले बताउनुभयो ।
त्यस्तै मेलाकै अवसरमा ७० वर्ष नाघेका जेष्ठ कलाकार तथा हस्तकला वस्तु विदेशी बजारका निर्यात गर्ने उत्कृष्ट निकासीकर्तालाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ । मेलालाई नेपाल सरकारका साथै अन्य सहयोगी संघ÷संस्थाको पनि सहयोग रहेको छ । उक्त महासंघ अध्यक्ष सुरेन्द्र भाइ शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्यलगायतको पनि उपस्थिति रहेको थियो ।

नेपाली हस्तकलालगायतका अन्य उत्पादित सामानको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रबद्र्धन, नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ताबीचमा व्यबसायिक सम्बन्ध विकास, विदेशी हस्तकला आयातकर्ता ÷उपभोक्तालाई नेपालमा एक निश्चित मितिमा अन्तरराष्ट्रियस्तरको ब्यापार मेला आयोजना हुन्छ भन्ने सन्देश प्रबाह गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । त्यस्तै त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रेता तथा बिक्रेतालाई एकै स्थानमा भेला गराउन उपयुक्त वातावरण प्रदान गर्नु, नवोदित उद्यमी ब्यबसायीलाई बजार पहँुचको अवसर प्रदान गर्नु, हस्तकला र नेपाली संस्कृतिबीचको अन्योन्याश्रित सम्वन्धलाई जनमानसमा उजागर गर्नु पनि मेलाको उद्देश्य रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarHastakalahealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment