जनताको सेवा गर्नका लागि पार्टी गठन गरेका छौँ : अध्यक्ष नेपाल

११ कात्तिक, कञ्चनपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।आज महेन्द्रनगरस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले चुनाव नजिकै आइसकेकाले तयारीमा बस्नुपर्ने बताउनुभयो ।

स्थानीय तह, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन आउन लागेको उल्लेख गर्दै उहाँले त्यसका लागि पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष नेपालले सङ्गठन निर्माण गर्ने र पार्टीको अभियानमा खटिने नेताको मूल्याङ्कन हुने बताउँदै जनताको सेवा गर्नकै लागि पार्टीको गठन भएकाले सबैको साथ हुँदा पार्टीपङ्क्ति बलियो हुने धारणा राख्नुभयो । राज्यको आधारभूत दायित्व गाँस, बाँस, कपास, स्वास्थ्य र सुरक्षा रहेकाले त्यसको ग्यारण्टी गरिनुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले ओली प्रवृत्तिका विरुद्ध दृढतापूर्वक उभिनुपर्ने बताउँदै बादशाहलाई घोडाबाट झारेर नयाँ राजनीतिक अवस्था सिर्जना भएको धारणा व्यक्त गर्नुभयो । पाँच दलको गठबन्धन चुनावसम्म कायम रहने दृढता व्यक्त गर्दै उहाँले बाढी प्रभावित क्षेत्रमा राहतका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthKathmandu Digital KhabarNepali NewsRain
Comments (0)
Add Comment