बागमती प्रदेश पूरै अवधि मैले चलाउने हो, आधा-आधा कार्यकालको सहमति छैन : राजेन्द्र पाण्डे

११ कार्तिक, काठमाडौँ । बागमती प्रदेशका प्रस्तावित मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपाली कांग्रेससँग आधा-आधा कार्यकाल चलाउने सहमति नभएको दाबी गरेका छन्। बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले ‘सजिलोका लागि कसैले भनिदिएको’ बताए। बाँकी पूरै अवधि बागमती प्रदेश आफूले चलाउने उनको भनाइ छ।

आलोपालो मुख्यमन्त्री बन्ने काग्रेससँगको सम्झौताका बारेमा उनको भनाइ थियो, ‘कहिलेकाहीँ सजिलोका लागि मान्छेले के–के भनिरहन्छन् नि। अस्ति एक जना साथीले एकीकृत समाजवादी र माओवादी मिल्छ भनेर ठोक्दिनु भयो। त्यस्तो सल्लाह नै भएको थिएन।’

गत बिहीबार एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको बताइएको थियो। प्रदेश १ र बागमती प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भए पनि कांग्रेसले आफ्नो नेतृत्वको दाबी नछोडेपछि नयाँ सहमति भएको जनाइएको थियो।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बुधबार राजिनामा दिँदै बाहिरिएकी छन्। एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारीमा छन्। त्यसपछि कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएपनि पाण्डेले अस्वीकार गरेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

digital khabarKathmandunepalNewsPolitic
Comments (0)
Add Comment