पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप, चार प्रहरीको मृत्यु, २६३ जना घाइते

११ कार्तिक, एजेन्सी । पाकिस्तानमा भएको विरोध प्रदर्शनमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

पूर्वी सहर लाहोर नजिकै भएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा भएको झडपमा तीन सुरक्षाकर्मी मारिएका हुन् ।

घटनामा २६३ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान (टीएलपी) पार्टीको ¥याली सुरक्षाकर्मीले नियन्त्रणमा लिन खाजेपछि सो झाडप भएको बताइएको छ ।

सो ¥यालीले राजधानी इस्लामावादतर्फ जाथ थालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोजेको पञ्जाव प्रहरीले जनाएको छ ।

आफ्ना नेता साद रिजबीलाई सरक्षाकर्मीले हिरासतमा लिएसँगै पाकिस्तानमा सो पार्टीले केही दिनदेखि लगातार विरोध प्रर्दशन गर्दै आएको छ ।

सुरक्षाकर्मीले रिजबीलाई गत अप्रिलमा नियन्त्रणमा लिएको थियो । पैगम्ब मुहम्मदको काटुर्न फ्रान्सको एक अखवारमा छापिएसँगै रिजबीलाई पक्राउ गरिएको थियो ।

यसअघि रिजवीका प्रवक्ता साजिद सेफीले साधुकेमा भएको ¥यालीमा प्रहरीले गोली चलाउँदा आफू समर्थक केही कार्यकर्ताको मृत्यु भएको बताएका थिए ।

तर प्रहरीले भने प्रदर्शनकारीको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalPakistanPolitictechnology
Comments (0)
Add Comment