साथीको हत्‍यामा संलग्‍न फरार अभियुक्त २ वर्षपछि पक्राउ

१० कात्तिक, काठमाडौं । प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्‍यामा संलग्‍न फरार अभियुक्तलाई २ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी नगरपालिका-१ फुलबारी घर भइ ललितपुर महानगरपालिका-९ बस्‍दै आएका २४ वर्षीय जय सिंगार रहेका छन् ।

उनलाई ललितपुरको च्यासलबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले २०७६ साल साउन २४ गते उदयपुर कटारी घर भइ ललितपुर बालकुमारीमा बसी मूर्ति बनाउने काम गर्ने ३३ वर्षीय हरी खड्कालाई कुटपिट गरी हत्‍या गरेका थिए । हत्‍यापछि सिंगारसहित पाँचजना फरार भएका थिए ।

उक्त घटनामा संलग्‍न रहेको आरोपमा सिंगारसहित पाँचजना अभियुक्तलाई पक्राउ गरी आवश्‍यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19crimeDeathdigital khabarhealthKathmandu Digital KhabarNepali NewsRain
Comments (0)
Add Comment