नेप्से आज १८.०६ अंकले बढ्यो : ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार

१० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकको बृद्धि भएको छ । नेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ७८.८२ अंकले बढेर दुई हजार ७ सय ५१ दशमलब ७ विन्दुमा पुगेको थियो ।

त्यस्तै, आज नेप्सेमा ६ अर्ब ६१ करोड २६ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब ३१ करोड ८३ लाख बराबरको कारोबार भएकोे थियो । आज कारोबार भएका चार वटा समूह बाहेक अन्य सबै समूह बढेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीमा बेस्ट फाइनान्स कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८.६८ प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नबिल बैंकको भएको छ । यस बैंकको आज ४३ करोड भन्दा बढीको कारोबार भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment