ज्योति विकास बैंकको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खाता: १ खाता मै ३ सुविधा र सर्वाधिक ५.७५% ब्याजदर

०९ कात्तिक, काठमाडौं । ज्योति विकास बैंकले शुन्य मौज्दातमा बचत,नि:शुल्क डिम्याट र नि:शुल्क मेरो सेयर गरि एउटै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५.७५% ब्याजदर निर्धारण गरेको छ। 

बचत संगसंगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याइएको हो। यस बचत खातामा ग्राहकहरुले शुन्य मौज्दातमै नि:शुल्क डिम्याट खाता,नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन,नि:शुल्क सि-आस्वा, नि:शुल्क मोबाईल बैंकिंग सेवा, नि:शुल्क इन्टरनेट बैंकिंग सेवा र नि:शुल्क डेबिट कार्ड सुविधाहरु पाउन सक्नेछन्।

साथै यस बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधा मा ५०% छुट पनि रहेको छ।ग्राहकहरुले ज्योति स्मार्ट सेभिङ्ग्स खाता आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई अथवा अनलाइन मार्फत् पनि खाता खोली आकर्षक ब्याजदर सहितको सुविधा लिन सक्नेछन्।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment