वर्षा र हिमपातको सम्भावना कायमै, कृषि कार्य, यात्रा र घुमफिमा सावधानी अपनाउन आग्रह

०९ कार्तिक, काठमाडौं । आज देशभरको मौषम सामान्यतथा सफा रहपनि केही स्थानमा सामान्य वर्षाको सम्भाना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहे पनि तराईका भु–भागमा सामान्यतया सफा रहने छ ।

देशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हिमपातको सम्भावना कायमै छ ।

आज राती देशको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली र तराईका भु–भागमा सामान्यतया सफा देखि आंशिक बदली रहने छ ।

देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाको अनुरोध छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownNewsPoliticRainSnowfallltechnology
Comments (0)
Add Comment