नाम्चेमा ध्यानमग्न परिणीति

०७ कार्तिक, काठमाडाैं । बलिउड अभिनेत्री परिणीति चोपडा हालका दिनमा नेपालमा आफ्नो नयाँ फिल्म ‘उचाइ’को सुटिङमा व्यस्त छिन् । उनी आफ्नो हरेक गतिविधिलाई सामाजिक सञ्जालमा राखिरहन्छिन् । उनले मंगलबार ध्यान गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा राखिन् ।

तस्वीरमा अभिनेत्री निकै सुन्दर देखिएकी छन् । पिंक रंगको ज्याकेर लगाएर उनले ‘दैनिक ध्यान मेरो रहस्य हो’ लेखेकी छन् । उनी हाल सगरमाथाको फेदी नाम्चेमा फिल्मको सुटिङ गरिरहेकी छन् । केही दिन अघि उनले स्थानीय दुई बालिकासँग ११ हजार फुटको उचाईमा फुटबल खेलिरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् ।

यो फिल्ममा परिणीति नेपाली टुरिस्ट गाइडको भूमिकामा छिन् । सुरज बडजात्याको निर्देशन रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन ईरानी, नीना गुप्ता, सारिका र डेनीको पनि अभिनय छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

ActressBollywoodBollywood ActressbusinessCoronavirusCovid-19digital khabarhealthMountainNamchenepalNewsPariniti ChopraPolitic
Comments (0)
Add Comment