मृतकका परिवारलाई किरिया खर्च

०७ कात्तिक, बैतडी । पहिरोमा पुरिएर मृत्यु भएका बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडीका पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बसेडीका भानु, देवानी र पवित्रा पार्कीका परिवारलाई किरिया खर्चबापत एकमुष्ट रु एक लाख २० हजार उपलब्ध गराएको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, मृतकको गाउँमै पुगेर किरिया खर्च उपलब्ध गराएका हौं, सङ्घीय सरकारले दिने राहतबाट कट्टी गर्ने गरी तत्कालका लागि राहत दिएका छौँ । सङ्घीय सरकारले बाढीपिहिरोबाट मृत्यु भएकालाई प्रतिव्यक्ति रु दुई लाख १५ हजार र सोही घरका थप अरुको पनि मृत्यु भए जनही रू एक लाख थप राहत दिने निर्णय गरेको थियो । यही कात्तिक २ गते घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीनै जनाको मृत्यु भएको थियो । यस्तै शिवनाथ गाउँपालिकाले पनि मृतकका परिवारलाई जनही रू ५० हजार राहत दिने निर्णय गरेको अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो ।

बैतडीमा पहिरोमा परेर चार जनाको मृत्यु भएकामा सुर्नया गाउँपालिका–५ की परुदेवी महराको पहिरोमै परेर मृत्यु भएको थियो । बाटो बन्द रहेकाले परुदेवीको परिवारसम्म पुग्न नसकिएको र केही दिनभित्रै किरिया खर्च उपलब्ध गराइने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

गत असोज ३१ गते रातिदेखि तीन दिनसम्म अविरल परेको पानीले जिल्लाका विभिन्न भागमा ठूलो क्षति पु¥याएको थियो । वर्षाले ४२ घर पूर्ण रुपमा क्षति भएका, ३१ चौपाया मरेका, ७२५ रोपनी जमिन नासिएको, १२ खानेपानी योजना बगाएको, सबैजसो ग्रामीण सडक अवरुद्ध भएको, १३७ ठाउँमा पहिरो गएको र करौडौँको कृषिबाली क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रारम्भिक रुपमा क्षतिको विवरण नआए पनि पूर्ण रुपमा विवतरण सङ्कलन कार्य भइरहेको निमित्त प्रजिअ भारतीको भनाइ थियो । यस्तै रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रशासनले पनि तत्कालका लागि पीडितहरूलाई राहत उपलब्ध गराएको थियो ।



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessCoronavirusCovid-19digital khabarmoneyNepali NewsRain
Comments (0)
Add Comment