मोहन वैद्यको स्वास्थ्यमा सुधार, डिस्चार्ज गर्ने तयारी

०६ कार्तिक, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यमा सुधार भएको छ । एकसाताअघि अस्पताल भर्ना गरिएका वैद्य बोल्न सक्ने र आफै खानासमेत खान थालेका छन् ।

स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्ने तयारी भएको वैद्यपत्नी सुष्मा वैद्यले बताइन् । उनलाई आइतबार डिस्चार्ज गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

लामो समयदेखि नै दमरोगबाट पीडित वैद्यलाई दम बढेपछि गत शनिवार साँझ काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका वैद्यको सवै छाती लगायतका सबै परीक्षणहरु राम्रो आएको परिवारले जनाएको छ ।

वैद्यको स्वास्थ्य अवस्था बुझ्न भन्दै उपराष्ट्रपति नन्दबहादुर पुन, गृहमन्त्री बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरु नर्भिक अस्पताल पुगेका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthHospitalLockdownMohan BaidaynepalNewsPolitictechnology
Comments (0)
Add Comment