फिजीमा नयाँ राष्ट्रपति निर्वाचित

०५ कात्तिक, एजेन्सी । फिजीमा शुक्रबार नयाँ राष्ट्रपति चयन गरिएको छ । फिजीको संसदले रातु विलियम कातोनिभेरेलाई नयाँ राष्ट्रपतिमा निर्वाचित गरेको घोषणा गरेको छ ।उहाँले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गर्नु भएको हो । कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गर्नु भएको छ । कातोनिभेरेले भोरेक्व बैनीमारामालाई प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

संसदमा भएको मतदानमा कातोनीभेरेले २८ मत प्राप्त गर्नु भएको थियो भने केपाले २३ मत प्राप्त गर्नु भएको थियो ।संसदका सभामुख रातु इपेली नैलातिकौले कातोनीभेरेलाई राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्दै बधाई दिनु भएको थियो । नवनिर्वाचित राष्ट्रपति कातोनीभेरे फिजिफस्ट पार्टीको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीको जिम्मेबारी भने अर्को महिनादेखि सम्हाल्नु हुनेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment