शिवम् सिमेन्ट्सले कात्तिक ८ गते एक दिन बुक क्लोज गर्ने

५ कात्तिक, काठमाडौं । शिवम् सिमेन्ट्सले कात्तिक १६ गते आव्हान गरेको छैठौं वार्षिक साधारण सभाका लागि कात्तिक ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । साधारण सभाको सूचना यस अघिनै सार्वजनिक गरेको कम्पनीले शुक्रवार बुक क्लोज सम्बन्धी सूचना सार्वजनिक गरेको हो । बुक क्लोजको आधारमा कात्तिक ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । कम्पनीले सभा होटल सोल्टी, सोल्टीमोड, काठमाडौंमा विहान १० बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।

यस वर्ष कम्पनीले हालसम्मकै उच्च लाभांश प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीले २९ प्रतिशत कर समेत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । २०७५ साल फागुन २२ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको शिवम् सिमेन्ट्सले सोही वर्षदेखि शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷७५ देखिको लाभांश इतिहासमा यस वर्ष कम्पनीले सर्वाधिक लाभांश प्रस्ताव गरेको हो ।

आईपीओ खरिद गरेको पहिलो वर्षनै कम्पनीका शेयरधनीहरुले १५ दशमलव ७८ प्रतिशत कर समेत नगद लाभांश प्राप्त गरेका थिए । विगत चार वर्षदेखि कम्पनीले निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको छ । गत वर्ष कर समेत २४ दशमलव २१ प्रतिशत र अघिल्लो वर्ष कर समेत १५ दशमलव ७८ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड छ । सोही पूँजीको आधारमा कमपनीले चार वर्षदेखि निरन्तर नगद लाभांश मात्र वितरण गर्दै आएको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment