दशौँँ माहाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत

०५ कात्तिक, चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताउनुभयो । उहाँले महाधिवेशनलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न पूर्णरुपमा जुट्ने र जिल्लाको कुन ठाउँमा कसरी गर्ने भन्नेबारेमा छिट्टै जानकारी दिइने बताउनुभयो ।

पार्टीका वाग्मती प्रदेश अध्यक्ष आनन्द पोख्रेलले विधान अधिवेशनमा सहभागी प्रतिनिधिको ५० प्रतिशत महाधिवेशनमा सहभागी हुने,उद्घाटन सत्रमा पाँच नेता कार्यकर्ता सहभागी हुने अनुमान गरिएको जाकारी दिँदै महाधिवेशनले राष्ट्रियता, स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि पहल गर्ने बताउनुभयो ।

सोही प्रदेशका सहइञ्चार्ज काशीनाथ अधिकारीले प्रदेश कमिटीको आग्रहलाई स्थायी कमिटीले स्वीकार गरेकाले यहाँ महाधिवेशन तय भएको बताउँदै राजनीतिमा हरेक दृष्टिकोणले एमाले मुख्य पार्टी रहेको जिकिर गर्नुभयो । उक्त पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCovid-19Deathdigital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment