५३५ जना नयाँ सङ्क्रमित थपिए, १३ जनाको मृत्यु

०३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ९ लाख ७४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ४०४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १२७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ३१८ जनाले कोरोनाका कारण ज्यान गुमाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronaviruscovid 19 updatecovid deathCovid-19Deathdigital khabarhealthNepali News
Comments (0)
Add Comment