नेप्से ७७ अंकले घट्यो

०२ कात्तिक, काठमाडौं । शेयर बजारमा आज पनि भारी अंकले घटेको छ । नेप्से आज ७७ दशमलव ३३ अंकले घटेर २,५१० दशमलव ७३ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचक घटेका छन् । ७ कम्पनीको मुल्य बढेको छ भने १७८ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

दिनभरिमा २२१ वटा कम्पनीको ९५ लाख ७२ हजार १६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ७७ लाख ९३ हजार रुपैयाँको शेयर कारोबार भएको छ । भने सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ११ करोड १२ लाख ९५ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज एनसीसी बैंक संस्थापकको १० करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपी पावर कम्पनीको ९ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ९ करोड २७ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

आज सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । क्रम्पनीका लगानीकर्ताले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । मानुसी लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जीका लगानीकर्ताले ३ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले गुमाएका छन् । नेशनल हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ४९ प्रतिशतका दरले गुमाएका छन् ।्



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalnepseNewsPoliticshare market
Comments (0)
Add Comment