कर्णालीको बाढीले जितेको फेरी बगायो, बजार बगाउने खतरा

०२ कार्तिक, कालीकोट । शनिवार रातीबाट लगातार परेको पानीका कारणले कर्णाली नदीको फेरी गाएको छ । करिडोर निमार्णका लागि समान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तह संगै वाजुरा, हुम्ला र मुगुका नागरिकलाई दैनिक उपभोग्य समानका साथै यातायातका साधन तार्नका लागि जिते वजारमा जडान गरिएको फेरी कर्णाली नदीले बगाएको हो । स्थानीय कमल मल्लले फेरी संगै जिते हाट बजारका पाँच वटा शौचालय समेत बगाएकाले थप वर्षा भए बजार नै बगाउने खतरा रहेको वताउनुभयो ।

उहाँले कर्णाली नदीमा भन्दा पनि तिलानदीमा पानीको वहाब उच्च रहेको वताउनुभयो । जसरी तिला नदीमा पानीको मात्रा वढेको छ, त्यसरी कर्णाली नदीमा वढेमा जिते वजार पुरै वगाउने बताउनुभयो । जिते बजार कर्णाली र तिला नदीको दोभानमा रहेको छ । पुलको एक तर्फीको लठ्ठामा समेत पानी पुगेको मल्लले वताउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बजारका ब्यापारीलाई छिटो अन्यत्र जान भनेको र प्रहरी नेपाली सेनालाई परिचालन गरेको वताउनुभयो । प्रजिअ आचार्यले केही घन्टा यस्तै पानी परिरहेमा वजार पूरै वगाउने वताउनुभयो । फेरी बगेको छ । नदीको किनारमा बाँधेर राखेको फेरीलाई समेत वगाएकाले पानीको वहाब निकै वढिरहेको वताउनुभयो ।

वाढीले कर्णाली करिडोर पुरै अवरोध भएको छ । ठाउँ ठाउँमा पहिरो आएकाले करिडोर पूरै अवरोध भएको स्थानीयले वताएका छन । पचालझरना गाउँपालिका वडा नं १ को सिकु गाउँ पुरै जोखिममा रहेको छ। साविकको वदालकोट गाविस वडा नं ७ को सिकुगाउँका तीन वटा घर भत्किएका छन भने अरु वस्ती नै उच्च जोखिमा रहेको स्थानीय पवन शाहीले वताउनुभयो ।

घर भत्किँदा एकको मृत्यु एक घाईते, गाउँ नै बिस्तापित

कालीकोट जिल्लाको महाँवै गाउँपालिका वडा न ७ मा एक घर भत्कीदा एक किसोरीको मृत्यु भएको छ । दुई दिनदेखि लगातार परेको पानीका कारणले बिष्णुलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी वर्ष १८ की स्मृति अधिकारीको निधन भएको छ भने संगै रहेकी उहाँको वहिनी वर्ष १५ की इनिशा अधिकारी घाईते भएकी छन ।
अधिकारीका अरु घर परिवार जनिकैको खर्कमा रहेकाले सुरक्षित भएका थिए । घरमा दुई वहिनी मात्र वस्दै आएका थिए । 

अरु परिवार भने सुरक्षित रहेका जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घाईतेको उद्धारमा समेत कठिनाई भईरहेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी चक्र शाहले प्रहरी निरिक्षकको कमाण्डमा आफ्नो टोली र नेपाली सेना, सशस्त्र प्रहरीको टोली घटना स्थलमा त्रिर्पाल, लगाएका राहतका सामाग्री लिएर गईरहेको वताउनुभयो ।

प्रहरी प्रमुख शाहका अनुसार वर्षातका कारणले वडा नं ७ को राम्नी गाउँका २५ देखि ३० घरपरिवार बिस्तापित भएका छन । नेकपा माओबादी केन्द्रका नेता दुर्गा काफ्लेका अनुसार पहिरोको उच्च जोखिम भएका कारणले राम्नीका एक वस्तीका नागरिकलाई राम माध्यमिक बिद्यालयमा राती १२ वजेवाट राखिएको वताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathdigitalkhabarhealthNepali NewsRain
Comments (0)
Add Comment