गुल्मीको डहरे खोलाले जीप बगायो

०१ कात्तिक, गुल्मी ।  गुल्मीमा अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा जीप बगाएको छ । जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ । खोलाले बगाएको जीप खोजी कार्य जारी रहेको छ ।

जीप बगाएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर वर्षा भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthKholaNepali NewsRain
Comments (0)
Add Comment