मेलम्ची पुनर्स्थापनाको काम तत्कालै शुरु नहुने

०१ कात्तिक, काठमाडौं । बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाको काम दशैंलगत्तै अघि नबढ्ने भएको छ । आगामी वैशाखसम्म पानी ल्याउने योजनाअनुसार दशैंलगत्तै काम शुरू गर्ने भनिएपनि नयाँ ठेक्का लगाउनेबारे अहिलेसम्म निर्णय भएको छैन ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले विशेष परिस्थिति भनी छोटो प्रक्रियाबाट ठेक्का लगाउन अनुमति माग्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्ययोजना प्रस्ताव पठाएको थियो ।

तर, यसबारे मन्त्रिपरिषदले निर्णय गर्न ढिलाइ गर्दा आयोजना पुनर्स्थापनाको काम कहिलेबाट शुरु हुन्छ भन्ने अन्योल भएको हो । बाढीग्रस्त आयोजनालाई फेरि मर्मत गरेर सञ्चालनयोग्य बनाउन सरकारले नै थप लगानी गर्नुपर्ने हुन्छ । त्यसका लागि आयोजनाले दुई किसिमबाट काम अघि बढाउन सरकारसँग प्रस्ताव गरेको थियो ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बासु पौडेल आफूहरु आयोजनाको मुहानसम्म पहुँचमार्ग तत्काल नबनेपनि नदी किनारबाटै आवश्यक मेसिन लगेर काम शुरु गर्नुपर्ने बताउँछन् । अस्थायी संरचना तयार गरेर काठमाडौंमा पानी ल्याउनु धेरै असहज नभएको उनको भनाइ छ ।  मन्त्रिपरिषदबाट छिटो निर्णय गरेर ठेकदारलाई कार्यस्थलमा छिटो परिचालन गर्न दशैंपछि मन्त्रालयमा थप छलफल हुने उनले बताए ।

नदीले पुरेको आयोजनाको महुनास्थल सफा गर्ने कामका लागि भने नयाँ ठेक्का लगाउनुपर्छ, अस्थायी संरचना बनाएर विगतकै जसरी सुरुङमा पानी हाल्ने काम भने साविककै सिनो हाइड्रोले गर्छ,’ उनले भने, ‘काम अघि बढाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका छौं, सरकारको निर्णयपछि काम शुरु हुन्छ ।’

सरकारले आफ्नै स्रोत प्रयोग गरेर आयोजना पुनर्स्थापित गर्नुपर्छ । नियमित प्रक्रियाबाट ठेक्का लगाउँदा धेरै ढिलाइ हुने भएकाले अब विशेष परिस्थिति लागू गर्ने निर्णय गरेर काम अघि बढाउने योजना छ । सार्वजनिक खरिद ऐनको दफा ६६ ले विशेष परिस्थिति उत्पन्न भई तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई थप हानी नोक्सानी हुने अवस्था आइपरेमा सार्वजनिक निकायले तत्काल खरिद गर्न वा गराउन सक्ने व्यवस्था गरेको छ । यही व्यवस्थामा टेकेर खानेपानी मन्त्रालयले छोटो प्रक्रियाबाट खरिद प्रक्रिया अघि बढाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएको हो ।

पानी डाइभर्ट गरेर सुरुङमा हाल्न ३०/३२ करोड र आयोजनाको मुहानस्थलमा थुपि्रएको ढुङ्गा, गिट्टी, बालुवालाई हटाउन करिब ८० देखि ९० करोड लाग्ने अनुमान छ ।

आयोजनाले खोलामा स्थायी बाँध बनाएर पानी सुरुङमा हाल्ने गरी सरकारले अल्पकालीन कार्ययोजना बनाएको छ ।

आयोजनाको मुहानस्थलसम्म जाने पहुँचमार्ग बनाउनुपपर्नेछ भने मेलम्ची नदीमा आएको बाढीले आयोजना पुरेको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउन अर्को ठेक्का लगाउनुपर्ने छ ।

आयोजनासम्म जाने बाटोमा बेलिब्रिज सेनाले बनाउने र पहुँचमार्ग सडक विभागले बनाइदिने प्रतिवद्धता गरेका छन् ।

सुरुङको सुपरीवेक्षण गर्न बन्द गरिएकै दिनमा मेलम्ची नदीमा २०७८ असार १ गतेको बाढीले मेलम्चीको पानी थुनेर सुरुङमा हाल्न बनाइएको इन्टेक (मुहान) क्षेत्र तहसनहस बनाएको थियो ।

साउन १५ गते राति फेरि मेलम्चीान लेदोसहतिको ठूलो बाढी आएपछि झन् चुनौती थपिएको छ । करिब ३६ अर्ब रुपैयाँ लगानीमा बनेको आयोजनाले २०७७ चैत १५ देखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahiroBusinesbusinessCoronavirusCovid-19digital khabarNepali NewsRain
Comments (0)
Add Comment