सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

०१ कार्तिक, सिन्धुपाल्चोक । सोमबार दिउँसो भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रबिन्दु भएर सोमबार दिउँसो भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ः४६ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महशुस गरिएको थियो ।

यसअघि आइतबार बिहान पनि गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सिन्धुपाल्चोकमा दुई परकम्प


सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर आज दिउँसो लगातार दुई वटा परकम्प गएको छ ।

आज दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment