दसैँ भत्ता दलितलाई सहयोग

०१ कात्तिक डोल्पा । जिल्लाको निर्वाचन क्षेत्र ख वाट निर्वाचित कर्णाली प्रदेश सभासदस्य वीरबहादुर शाहीले दसैँ भत्ता दलित बालबालिकालाई सहयोगस्वरूप उपलब्ध गराउने घोषणा गर्नुभएको छ । प्रदेश सरकारले उपलब्ध गराएको दसैँ खर्चको रकम आफ्नो निर्वाचन क्षेत्रको कुनै विद्यालय छनोट गरेर दलित बालबालिकाको हितमा खर्च गर्ने उहाँले घोषणा गर्नुभएको हो ।

डोल्पामा अन्य समुदायको तुलनामा दलित समुदाय आर्थिक तथा शैक्षिक दृष्टिकोणले पछि परेकाले थोरै भए पनि शैक्षिक सामाग्री जुटाउन सहज होस् भनेर सहयोग गर्न लागेको सभासदस्य शाहीको भनाइ छ ।अघिल्लो बर्षको दसैँ भत्ता पनि दलित बालबालिका अध्ययन गर्ने मुड्केचुला वडा नं ८ मा रहेको एक आधारभूत बिद्यालयलाई उहाँले सहयोग गर्नुभएको थियो ।

जनताको प्रतिनिधि भएकाले तिनको सुख दुःखमा साथ दिनु जनप्रतिनिधिको कर्तव्य भएको शाही बताउनुहुन्छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathdigitalkhabarhealthmoneyNepali NewsRain
Comments (0)
Add Comment