नर्वेमा धनुकाण आक्रमण : ५ जनाको मृत्यु

२८ असोज, एजेन्सी । नर्वेमा एक व्यक्तिले धनुकाण (धनुमा राखेर हानिने काण/तीर) ले आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ। राजधानी ओस्लोको दक्षिण पूर्वी क्षेत्रमा रहेको कंग्सबर्ग शहरमा भएको आक्रमणमा धनुकाण लागेर दुई जना घाइते भएका छन्।

प्रहरीले उक्त आक्रमणमा संलग्न रहेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ। हालसम्म आक्रमणमा एकजना व्यक्तिको मात्रै संलग्नता देखिएको छ। यो आक्रमणसँग आतंकवादी संलग्नता छ कि छैन भनेर हाल अनुसन्धान भइरहेको छ।

नर्वेकी प्रधानमन्त्री एरना सोलबर्गले घटना निकै त्रासदीपूर्ण भएको भन्दै हाल प्रहरीले अवस्था नियन्त्रणमा लिइसकेको बताएकी छिन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment