आज – २५ आश्विन २०७८ सोमवार को राशिफल

२०७८ असाेज २५ गते, साेमवार, ११ अक्टाेबर २०२१। आश्विन शुक्लपक्ष पञ्चमी तिथि, ६ः३० बजेदेखि षष्ठी। ज्येष्ठा नक्षत्र, १७ः५६ बजेपछि मूल। चन्द्रराशि– वृश्चिक, १७ः५६ बजेदेखि धनु।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। लगनशीलताले नयाँनयाँ काम गर्ने अवसर दिलाउनेछ। साँझदेखि स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। केही विवादास्पद कामको जिम्मेवारी समेत वहन गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम पनि दोहोर्याउनुपर्ला।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ। साँझतिर रमाइलाे यात्राकाे साइत जुर्न सक्छ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दु:ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ, मिहिनेतले नाम, दाम र इनाम आर्जन हुनेछ। तर भौतिक साधन बिग्रनाले खर्च बढ्न सक्छ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। साँझतिर अरूकाे वादविवादमा पर्नाले आफ्नाे काम राेकिएन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। काममा रुचि बढ्नेछ भने व्यापारमा राम्रै लाभ हुनेछ। साँझतिर उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि साँझतिर मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। मिहिनेतले आम्दानी बढाउनेछ। श्रमको उचित मूल्यांकन होला। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। साँझतिर केही खर्च बढ्नेछ। यात्राको अवसर भने प्राप्त हुन सक्छ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। लगनशीलताले लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। साँझतिर नयाँ काम प्रारम्भ गर्न सकिनेछ। खर्च भने बढ्न सक्छ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा साँझतिर कर्मको फलप्राप्ति हुनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य समेत प्राप्त हुनेछ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthhoroscopeLockdownNewsPoliticRasifalTapaikoaajatechnologyTodays Horoscope
Comments (0)
Add Comment