नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरले जाँच गर्दै

२३ आश्विन, बाँके । नेपालगञ्ज नाकामा तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । भारतबाट नेपाल प्रवेश गरेका सबैलाई जमुनाहा नाकामा शनिबार बिहान दुईवटा तालिम प्राप्त कुकुरसहितको जाँच गरिएको हो ।

नेपाल प्रहरीको दुईवटा कुकुर लब्ली र ब्यूटीले भारतबाट नेपाल आएका मानिस, सवारी साधनलाई जाँच गरेको थियो । लब्लीले बिष्फोटक पदार्थ र हात हतियार तथा ब्यूटीले लागु औषधि सम्बन्धी जाँच गरेको थियो ।

नेपालगञ्ज नाकामा यतिबेला दशैँ मान्न आउनेको भीडभाड छ । नाका खुलेका किनमेलका लागि रुपैडिहा जानेको उस्तै भीड बढेको छ ।

प्रहरीले दशैँ लक्षित सुरक्षा योजनाअन्तर्गत नाकामा कुकुरसहितको जाँच गरेको थियो । दुईवटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षकद्वय बासुदेव सुवेदी र ईश्वर गिरी नाकामा पुगेका थिए ।

नेपालगञ्ज नाकामा बेलाबेलामा यस्तो जाँच हुने गर्दछ । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट लागु औषधि किनेर फर्किने गरिन्छ । नाकामा खटिएको प्रहरीले विशेष सुराकीका आधारमा र केहीलाई शंका लागेर जाँच गर्दा लागु औषधि बरामद गर्ने गर्दछ । तालिम प्राप्त कुकुरको मद्दतले प्रहरीले लागु औषधि बरामद गर्ने गरेको पनि छ ।

नेपालगञ्ज नाकामा केही दिनयता भारतबाट फर्किने नेपालीलाई खोप लगाएर पठाउने गरिएको छ । एन्टिजेन जाँच चैत्रदेखि नै भइरहेकाे छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarDoghealthLockdownNewstechnology
Comments (0)
Add Comment