काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिदै

२२ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारदेखि १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिदै छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिने जनाएको छ ।

महानगरपालिकाले सूचना जारी गर्दै सबै वडा कार्यालयका नियमित खोप केन्द्रमा खोप लगाउन सकिने बताइएको छ । निजामती कर्मचारी अस्पताल, वीर अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लगाउन सकिनेछ ।

महानगरपालिकाले खोप केन्द्रमा आफ्नो परिचय खुल्ने कागजातसहित उपस्थित हुन आग्रह गरेको छ । खोपका लागि अनलाइन दर्ता अनिवार्य रहेको जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी

18 YearsbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnologyVaccine
Comments (0)
Add Comment