नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

२१ असोज, काठमाडौं । नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको हो । चालू आर्थिक वर्षमा नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा २.१ प्रतिशतले ऋणात्मक रहेको र आर्थिक वर्ष २०७७/७८ मा १.८ प्रतिशत मात्र वृद्धिदर भएको थियो । नेपालको अर्थतन्त्र बिस्तारै सुधारोन्मुख अवस्थामा रहेको देखिएको विश्व बैंकको भनाइ रहेको छ । नेपालले खोप अभियान तीव्र गरिएका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा समेत सकारात्मक सुधार देखिने विश्व बैंकको अनुमान रहेको छ । विश्व बैंकले साउथ एसिया इकोनोमिक फोकस सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

यो वर्ष दक्षिण एसियाली मुलुकले आर्थिक वृद्धिदर राम्रै गर्ने विश्व बैंकको प्रक्षेपण छ । दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर राम्रो हुनेमा यो क्षेत्रका पर्यटनमा आधारित अर्थतन्त्र भएको भनाइ सार्वजनिक गरेको छ ।

कोभिडकै बीच दक्षिण एसियाली देश माल्दिभ्सले २२.३ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने अनुमान विश्व बैंकको रहेको छ। अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी योगदान सेवा क्षेत्रको रहेको माल्दिभ्सले पर्यटकको आगमन कोभिडअघिको अवस्थामा पुगिसकेको बैंकले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

दक्षिण एसियाको आर्थिक वृद्धि सन् २०२१ मा ७.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । प्रतिवेदन अनुसार उच्च भारत ८.३ प्रतिशत, बंगलादेश ६.४ प्रतिशत, नेपाल ३.९ प्रतिशत, भुटान ३.६ प्रतिशत, पाकिस्तान ३.४ प्रतिशत र श्रीलंका ३.३ प्रतिशत रहने अनुमान विश्व बैंकले गरेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment