वायुसेवा निगमका पूर्वअध्यक्ष मृत भेटिए

२१ असाेज, काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिनुभएको छ । काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन घर नजिक उहाँको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हामफालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान जारीे छ । उहाँको शव बिहान ७ः०० बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता प्रउ बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घरको चौथो तलामा उहाँको मोबाइल फेला परेको छ । चतुर्वेदी बिहान मर्निङवाक गएको बेला उक्त घटना भएको जनाइएको छ । चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment