चाडवाड नजिकिए संगै बढ्यो सुनको मूल्य

२१ असोज, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रहेको छ भने तेजावी सुनको मूल्य ८९ हजार ९५० रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११६० मा कारोबार भएकोमा आज बढेर प्रतितोला ११७० मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment