कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुख

१९ आश्विन, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको छ ।

सशस्त्र प्रहरी बल अस्पतालले सोमबार एक विज्ञप्ति जारी गरी उनको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको हो ।

उनी यही असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड-१९ निमोनियाका लागि उपचाररत रहेका छन्।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalnepali congressNewsPoliticPurna Bdr Khadkatechnology
Comments (0)
Add Comment