नेपाली कांग्रेस शखंरापुर नगर सभापतिमा दिलीपकुमार श्रेष्ठ विजयी

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नगर कार्यसमितिको निवार्चनमा शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाउनुभएको छ । भने उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित हुनुभएको छ ।

साथै सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित हुनुभएको छ ।

नगर अधिवेशनमा भएको लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalnepali congressNewsPartySankharapur
Comments (0)
Add Comment