सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प

२६ असोज, काठमाडौं । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो ।

उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । विसं २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० परकम्प गइसकेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarEarthquakehealthLockdownnepalNewsSindhupalchowktechnology
Comments (0)
Add Comment