भरतपुरमा पोल भाडा नबुझाउने इन्टरनेटको तार काटियो

१६ असाेज, चितवन । सेवा प्रदायक कम्पनीले पोलको भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले इन्टरनेटको तार काटिदिएको छ । तार काटिएका सेवा प्रदायकको इन्टरनेट सेवासमेत अवरुद्ध हुन थालेको छ । सम्झौता अनुसार विजुलीको पोलको भाडा नतिर्र्नेे इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

शनिबार भरतपुरको बसेनी सबस्टेशन अगाडि, विद्युत प्राधिकरण अगाडि र सडक डिभिजन कार्यालय अगाडि इन्टरनेटको तार काटिएको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीवकुमार सिंहले जानकारी दिए ।

उनले अस्पताल र विद्यालय क्षेत्रमा भने तार नकाटेको बताए ।

इन्टरनेट कम्पनीहरुले आफू खुसी गरेर हेप्न थालेपछि तार काट्न थालिएको उनले बताए । उनले केही ठाँउमा काटेर भाडा तिर्न ताकेता गरिएको तर, अब भाडा नतिरे यसलाई अभियानका रुपमा अझै कडाइ गरिने बताए । भाडा नतिर्नेमा सुविसु, क्लासिकटेक, भायानेट लगायतका छन् । प्राधिकरणले इन्टरनेट प्रदायक कम्पनीको १ करोड रुपैयाँ भन्दा बढीको सामान जफत गरिसकेको छ । पैसा नतिरेसम्म सामान फिर्ता नगरिने प्राधिकरणको अडान छ ।

प्राधिकरणले अप्टिकल फाइबरलगायत संरचना प्रयोग गर्ने कम्पनीहरुका लागि बक्यौता भाडा बुझाउन र सम्झौता नवीकरणका लागि प्राधिकरणले शुक्रबारसम्मको समय दिएको थियो । भरतपुर वितरण केन्द्रले तार काट्ने अभियान सुरु गरेपछि ५० लाख रुपैयाँ रकम उठेको जनाएको छ । अझै चार करोड रकम उठ्न बाँकी रहेको केन्द्रका प्रमुख सिंहले बताए । प्राधिकरणले देशभर प्राधिकरणको संरचना प्रयोग भएको ठाउँ सबैमा तार काटिएको जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19Deathdigital khabarhealthNepali NewsRain
Comments (0)
Add Comment