भारतका विदेश सचिवले श्रीलङ्काको भ्रमण गर्ने

१६ आश्विन, नयाँ दिल्ली । भारतका विदेश सचिव हर्षबद्र्धन श्रीङगलाले श्रीलङ्काको भ्रमण गर्ने भएका छन् । यही अक्टोबर २ देखि ५ सम्म उहाँले श्रीलङ्काको भ्रमण गर्ने तय भएको विदेश मन्त्रालयले जनाएको छ ।

भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण गर्न लागेको भएको जनाइएको छ ।“छिमेकी प्रथम” भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको रुपमा व्याख्या गरिएको छ ।

भारतका विदेश सचिवको यो भ्रमणलाई दुवै देशको महत्वका साथ हेरेका छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च सरकारी अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको छ । भेटका क्रममा उनले दुई पक्षीय हित, साझा चासो, आपसी सम्बन्ध, सहकार्य र सहयोग आदानप्रदान लगायतका विषयमा छलफल गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

विगतमा भएका सम्झौता र सहकार्यको समीक्षा गर्दै त्यसलाई पुनरावलोकन गर्ने बारेमा पनि उनीहरुका बीचमा छलफल हुने जनाइएको छ ।

कोरोनाभाइरसको महामारीका बेला भारतले गरेको सहयोगका लागि श्रीलङ्काको तर्फबाट धन्यवाद ज्ञापन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । भारतले विगतमा पनि उच्च प्राथमिकताका साथ छिमेकी देशलाई कोरोनाभाइरसको महामारी विरुद्धको सहयोग गरेको थियो भने आगामी दिनमा पनि खोप लगायतका सहयोग बढाउने जनाएको छ । एएनआई

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

CoronavirusCovid-19digital khabarHarsabandanehealthIndiaLockdownnepalNewsSri Lankatechnology
Comments (0)
Add Comment