केपी ओलीको राजनीतिक प्रतिवेदन : काँग्रेस दलाल पुँजीवादी, प्रचण्ड अस्थिर र अवसरवादी


१५ आश्विन, काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसलाई पुँजीवादी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अस्थिर, अवसरवादी र विभाजनकारी भनेका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले प्रतिवेदनमा आफ्नो पार्टीको विभिन्न राजनीतिक दलहरूसँग प्रतिष्पर्धा र प्रतिद्वन्द्विता रहने भनेका छन् ‘नेपाली काँग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवम् सम्झौतापरस्त क्रियाकलापप्रति हाम्रो विरोध छ’ ओलीले भनेका छन् । त्यस्तै उनले आफ्नो मुख्य प्रतिष्पर्धा पार्टी पनि काँग्रेस नै भएको बताएका छन् ।

ओलीले माओवादी केन्द्र, मूलतः प्रचण्ड अस्थिर, अवसरवादी एवम् विभाजनकारी सोच भएको भन्दै त्यस्तो व्यवहारप्रति विमति रहने जनाएका छन् । ओलीले मधेस केन्द्रीत दलहरूमाथि पनि टिप्पणी गरेका छन् । मधेसकेन्द्रित दललाई ओलीले संकीर्ण, यथास्थितिवादी भनेका छन् । ‘मधेस–केन्द्रित दलका संकिर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पुर्याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले भनेका छन् ।

यसअघि ओलीले महाधिवेशनमा पेश गर्न केन्द्रीय कमिटी र स्थायी कमिटीमा तयार पारेको प्रतिवेदन ६९ पृष्ठ लामो थियो । तर महाधिवेशनमा पेश गरेको प्रतिवेदन भने घटाएर ४४ पृष्ठमा सिमित गरिएको छ ।

ओलीको राजनीतिक प्रतिवेदनको पूर्णपाठ :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19CPN UMLdigital khabarGodavariLockdownnepalPolitictechnology
Comments (0)
Add Comment