नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

१४ असोज, काठमाडौं । नेपाल पुलिस क्लब छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो ।

राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टिम बनेको छ । यसअघि साविक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–२०,२५–१० र २५–१७ मा पराजित ग¥यो ।

नेपाल भलिबल सङ्घले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । जसमा च्याम्पियनसिपबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच टोली आगामी चैतमा आयोजना हुने क्लब लिगका लागि छनोट हुनेछन् ।

जारी प्रतियोगिताको महिला तथा पुरुष विजेताले रु चार लाख प्राप्त गर्दा उपविजेताले रु दुई लाख पाउनेछन् । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन् ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment