बुद्ध एयरका चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक

१४ आश्विन, काठमाडौं । ७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका पाइलट हुन् आङ्गेलु शेर्पा । उनी यात्रुको ज्यान जोगाएको भन्दै सामाजिक सञ्जालमा भाइरल छन् । तर, उनलाई विमान चलाउन रोक लगाइएको छ ।

विमान दुर्घटनाबाट जोगिएपनि के कति कारणले पाङ्ग्रा नखुलेको हो र पाइलटको भूमिका के कस्तो छ भनी छानविन भइरहेको छ । यसकारण पनि छानविन अवधिभर उनले विमान चलाउन पाउने छैनन् ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार छानविन प्रतिवेदनपछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्नेछ । त्यसबीच उनले विमान चलाउन पाउने छैनन् ।

११ असोजमा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा आकाशमै होल्ड भएको थियो । तेल सकेर विमान अवतरण गर्न खोजिएकोमा अचानक पाङ्ग्रा खुलेको थियो ।

यसैगरी, नेपालको हवाई क्षेत्रमा विमान र हेलिकोप्टरमा समस्या आउन थालेपछि सरकारले छानविन बढाएको छ । यसका लागि कमिटी नै गठन गरेर काम बढाएको हो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

AG SherpaBuddha AirbusinessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPilotPolitictechnology
Comments (0)
Add Comment