जावाको दसैं तिहार बहारः हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार

१३ आश्विन, काठमाडौं । यस दसैं तथा तिहारको उपलक्ष्यमा जावाले ग्राहकमूखी योजना प्रस्तुत गरेको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले आफ्ना नयाँ खरिद गर्नुहुने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो शीथ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको छ ।

यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीईद्वारा प्रमाणीकरण गरिएको छ। त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीको दाबी छ।

लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ।



मल्टिमिडिया ग्यालरी

AutomobilesBikebusinessCoronavirusCovid-19digital khabarJAWALockdownnepalPolitictechnology
Comments (0)
Add Comment