महिला चेम्बरको आयोजनामा आश्विन १४ गते देखी दशै बिशेष व्यापार मेला शुरु हुने

१२ असोज, काठमाडौं । नेपाल चेम्बर अफ कमर्श अन्तर्गतको नेपाल महिला चेम्बरले अति महत्वको चाडबाड दशैलाई लक्षित गरि यहि आश्विन १४ गते देखी दशै बिशेष व्यापार मेला संचालनमा ल्याउने भएको छ ।उक्त मेला देशको राजधानी काठमाडौंको कमलपोखरी स्थित सिटी सेण्टरमा संचालनमा आउन लागेको हो ।

मेलामा स्वदेशमा उत्पादित कृषिजन्य उत्पादन र अन्य उपभोग्य वस्तुहरु बिक्रीका लागि राखिनेछ । जस अन्तर्गत ढाका, उनी, पश्मिना, आभुषण, हेम्प र अर्गानिक, हर्बल, लत्ता कपडा, फूटवेयर, अर्गानिक चिया एवम् कफी, फ्रेगमेण्टेड क्याण्डल, फेस पेंण्टिङ् आदी सम्बन्धी वस्तुहरु रहने छन् ।

आम उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै मुख्य रुपमा नेपाली महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रबर्धन गर्ने उदेश्यका साथ मेला आयोजनामा आउन लागेको नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले जानकारी दिएकी छिन् ।

सिटी सेण्टर एशोसियसन पार्टनर रहेको यस मेलाको प्रबर्धन साझेदारमा सोचेको डटकम र मिडिया साझेदारमा सरोकार टिभी रहेको महिला चेम्बरकी महासचिव लिमा अधिकारीले जानकारी दिएकी छिन्।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment