नेप्सेमा पहिरो, बजार घट्यो : आज ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार

१२ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार पनि उच्च अंकको गिरावट भएको छ । आज नेप्से ७०.०१ अंकले घटेर दुई हजार ६ सय १५ दशमलब ४० विन्दुमा पुगेको हो । सोमबार नेप्से ७३.०५ अंकले घटेर दुई हजार ६ सय ८५ दशमलब ४२ विन्दुमा थामिएको थियो ।

त्यस्तै, आज ५ अर्ब ७४ करोड ५४ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ५ अर्ब १२ करोड बराबरको कारोबार भएकोे थियो । आज कारोबार भएका सबै समूह राताम्मे भएका छन् ।

आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था र मैलुङ खोला जलविद्युत कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र नेपाल हाइड्रो डेभलपर्श कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कुमारी बैंकको भएको छ । यस कम्पनीको आज १८ करोड भन्दा बढीको कारोबार भएको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment