नबिल व्यालेन्स्ड फण्ड २ र नबिल इक्वीटी फण्डको प्रतिफल आजसम्म कायम इकाईधनीहरुले मात्र पाउने

१० असोज, काठमाडौं। नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल व्यालेन्स्ड फण्ड २ र नबिलल इक्वीटी फण्डले प्रस्तावित प्रतिफलका लागि असोज ११ गते एक दिन बुक क्लोज गर्ने भएका छन् ।

बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईनीहरु मात्र यी फण्डहरुको प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको भदौ २२ गतेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ को लागि कर समेत ३५ प्रतिशत र नबिल इक्वीटी फण्डको लागि कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

नबिल ब्यालेन्स्ड फण्ड सञ्चालनका लागि ११ करोड २० लाख इकाई र नबिल इक्वीटी फण्डले १२ करोड ५० लाख इकाई जारी गरेको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarnepalNews
Comments (0)
Add Comment