पीसीआर प्रयोगशाला सञ्चालनपछि तीन जिल्लाबासी लाभान्वित हूँदै

१० असाेज, तनहुँ । व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सीचौरमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएपछि तनहुँ र छिमेकीसहित तीन जिल्लाका बासिन्दा लाभान्वित हुने भएका छन् । कोभिड–१९ पीसीआर प्रयोगशाला नहुँदा स्वाब सङ्कलन गरी पोखरा पठाएको रिपोर्ट आउन ढिलाइ भएपछि जिल्लामै प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएसँगै तनहुँ, गोरखा र लमजुङका बासिन्दासमेत प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले जनाएको छ ।

उक्त प्रयोगशाला रु एक करोड ३२ लाख १५ हजार २६८ लागतमा सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड अस्पताल निर्माणका लागि नगरपालिकाले रु एक करोड ५४ लाखको बोलपत्र प्रकाशितसमेत गरिसकेको छ ।

प्रयोगशाला सञ्चालन ल्याएकै स्थानमा रु ५० करोडको लागतमा प्रदेशस्तरीय अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाइएको नगरपालिका कार्यालयले जनाएको छ । पीसीआर ल्याब सञ्चालनमा ल्याइएसँगै तनहुँ, लमजुङ र गोरखा गरी तीन जिल्लाका जनताको पीसीआर परीक्षणका लागि पोखरा तथा चितवन जानुपर्ने बाध्यता हटेको वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । पच्चीस÷पच्चीस श्ययाको अस्पताल निर्माण गर्ने योजनाअनुरुप उक्त क्षेत्रको करिब २८ रोपनी जग्गा स्थानीयले उपलब्ध गराएप्छि ल्याब सञ्चालन गर्ने कार्य अघि बढेको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

पीसीआर ल्याब सञ्चालनका लागि सम्पूर्ण मापदण्ड पूरा भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्वाब परीक्षणका लागि अनुमति प्रदान पाएसँगै सञ्चालनमा ल्याइएको हो । दुम्सीमा आधारभूत स्वास्थ्य केन्द्रलाई विस्तार गरी नगर कोभिड अस्पतालमा प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशालाबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिने र त्यसको नतिजा साढे दुई घण्टामै प्राप्त हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinesscoronaCoronaviruscovid 19 updatecovid deathCovid-19digital khabarhealthLockdownNepali NewsNewsRain
Comments (0)
Add Comment