दार्चुला सदरमुकाममा खानेपानी पाइप लाइनको काम धमाधम

१० असाेज, दार्चुला । सदरमुकाम खलङ्गाका चौबिसै घण्टा खानेपानीको सुविधा पुगयाउने गरी अहिले पाइप लाइन खोदानको काम धमाधम भइरहेको छ । महाकाली नगरपालिका–४ र ५ का प्रत्येक घरधुरीमा २४ सै घण्टा खानेपानीको पहुँच पुगयाउन नयाँ लाइनको काम भइरहेको हो ।

एसियाली विकास बैँकको अनुदान र नगर विकास कोषको ऋण लगानीमा खलङ्गा खानेपानी तथा सरसफाइ आयोजनाको निर्माणको काम अहिले भइरहेको छ । एक वर्षभित्रै सदरमुकाम खलङ्गा बासिन्दालाई स्वच्छ खानेपानी पहुँच पु¥याउने उद्देश्यले पाइप लाइन विस्तारको काम तीव्र गतिमा भइरहेको आयोजना निर्माणमा प्राविधिक सहयोग गरिरहेको (इ–टेक) नेपालका कन्सट्रक्सन सुपरिभिजन इञ्जिनीयर कुबेरबहादुर सिंहले जानकारी दिनुभयो ।

कूल रु २९ करोड लागतमा सम्पन्न हुने आयोजना निर्माणका लागि एसियाली विकास बैंकले कूल लागतको ७० प्रतिशत, स्थानीय जनश्रमदान पाँच प्रतिशत र २५ प्रतिशत नगर विकास कोषको ऋण लगानी रहेको छ । आयोजनाअन्तर्गत गल्फै, बीच बजार र बङ्गाबगड क्षेत्रमा पाइपलाइन खोदानको काम भइरहेको छ । धौलीगाड मुहान रहेको गल्फै क्षेत्रमा अहिले मुहान इन्टेक, कलेक्सन च्याम्बर, पानी सङ्कलन ट्याङ्की र पालेघर भवन निर्माणाधीन अवस्थामा रहेको इञ्जिनीयर सिंहले बताउनुभयो ।

यस्तै गाराकु मुहान रहेको खलङ्गा बीच बजार क्षेत्रमा इन्टेक, कलेक्सन च्याम्बर र पानी थिग्र्याउने ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको छ । यस्तै बङ्गाबगड क्षेत्रमा धारा जडान र ट्याङ्की मर्मतको कार्य छिट्टै सञ्चालन गर्ने योजना छ ।

खानेपानीका संरचनासँगै महाकाली–५ भौराबगडमा सार्वजनिक शौचालय र आयोजना समितिको कार्यालयसमेत निर्माणाधीन अवस्थामा छ । वडा नं ४ र ५ मा गरी दुई हजार २८६ खानेपानीका धारा निर्माण हुनेछन् । यो आयोजना निर्माणका लागि आसिस-क्याब र ग्वाल्लेक निर्माण सेवा जेभीले ठेक्का पाएको छ । अबको एक वर्षभित्र नगरपालिकाका हरेक घरमा खानेपानी पुग्ने आयोजनाले जनाएको छ । अहिले खलङ्गाका सबै क्षेत्रमा नियमित पानी आपूर्ति नहुँदा उपभोक्ताले समस्या झेल्दै आएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Badi PahirobusinessCoronavirusCovid-19DeathhealthkhanepaniLockdownNepali NewsRain
Comments (0)
Add Comment