कांग्रेस अधिवेशन : लमजुङमा मतपत्र जलाइयो

१० आश्विन, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा तनाव उत्पन्न भएको छ । राइनासको सभापतिका लागि निर्वाचन चलिरहेका बेला मतपत्रमा त्रुटि भएको भेटिएपछि तनाव उत्पन्न भएको हो । नगरको सभापतिका लागि श्रीकृष्ण पौडेल र नुरराज कडरिया चुनावी मैदानमा उत्रिएका थिए ।

शनिबार निर्वाचन सुरु भएर आधा मत खसिसकेको थियो । मतदानकै क्रममा सभापतिका उम्मेदवारमध्ये श्रीकृष्ण पौडेलको मत संकेत ‘ठीक चिन्ह’ गर्ने ठाउँको कोठा नै नभएको र दुवै उम्मेदवारका क्रमसंख्या एउटै ९१० भएको पाइएपछि तनाव उत्पन्न भएको हो । नगरपालिकामा २०२ मतदाता रहेकोमा शनिबार १२३ मत खसेपछि मतदान स्थगित भएको हो ।

मतदान स्थगित गरेसंगै खस्न बाँकी मतपत्र र खसेको मतपत्र सबै जलाइएको निर्वाचत अधिकृत दिनेश सिलवालले जानकारी दिए । अर्को सूचना जारी नभएसम्मका लागि मतदान स्थगित गरिएको उनले बताए । उनले मतपत्र छपाइका क्रममा त्रुटि भएको स्वीकार गरेका छन् ।

उनले भने, ‘हतारमा काम गर्नेक्रममा त्रुटि भएको हो । त्रुटि भएको शुरुमै पत्तो पाएर दुवै उम्मेदवारका प्रतिनिधिको सहमतिमा मतदान प्रक्रिया अघि बढाइएको र आधाजसो मतदान भएपछि पौडेल पक्षबाट आपत्ति जनाइएपछि मतदान स्थगित गरिएको हो ।’

सभापति उम्मेदवारहरुले भने निर्वाचित अधिकृतकै गल्तीका कारण मतदान स्थगित भएको बताएका छन् । उम्मेदवार कडरियाले अरु कसैको दोष नभएको भन्दै मतदान अधिकृतको त्रुटि स्पष्ट देखिएको बताए । अब सर्वपक्षीय सहमति गरेर अर्को निर्वाचित मिति तोकिने उनले बताए ।

अर्का उम्मेदवार पौडेलले आफूलाई षड्यन्त्रपूर्वक हराउने प्रयास गरिएको आरोप लगाए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19healthlamjungLockdownnepalnepali congresstechnology
Comments (0)
Add Comment