एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा


०७ असोज, काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन । हाल एनआरएनए उपाध्यक्ष समेत रहेकी थापाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकीहुन।

उनले संघको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकीहु न । घोषणा सभामा बोल्दै थापाले एनआरएनए परिवर्तनका लागि पनि महिला नेतृत्वको आवश्यकता रहेको बताइन।

२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफलपार्न अहिले म आएकीहुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्नमहिलाहरु सफलहुनेछौं ।’

उनले परिवर्तनको एनआरएनए बनाउनखोजेको बताउदै सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई अपिलगरिन ।

‘पहिलो चोटी एनआरएनए अमेरिकाबाट केन्द्रीय नेतृत्वकालागिउम्मेदवारी दिदैछौं । यो एउटा इतिहास रहनेछ । अर्कोतर्फ महिला नेतृत्वमापुगेको तपाईं देख्न चाहनुहुन्छ भने सहयोग गर्नुहोस’थापाले भनिन । परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगित नगरेको भन्दै अनुरोध मात्र गरेको उनले जानकारी दिईन ।

सर्वोच्च अदालतले पनिविदेशमा बसेका नेपालीलाई मतदानगर्ने अधिकार सुनिश्चितगर्न सरकारका नाममा आदेश दिएको र त्यसलाई पुर्णरुपमा कार्यान्वयनमा ल्याउन दबाब दिने थापाले बताइन ।

लाखौँ नेपाली विदेशमा काम गरेर देशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट वञ्चितगर्नु हुँदैन भन्ने हो, उनले भनिन‘समयमा नै चुनावहुनेमा म विश्वस्त छु । परराष्ट्रमा परेको उजुरीको कारणले पनिहाम्रो टिमले पूर्णतापाउन ढिलाइ भएको हो । सबै देशहरुलाई समेटेर छिट्टै बलियो टिम निर्माण गर्छौ ।

अहिले एनआरएनमा सदस्य १ लाख ५ हजार मात्र रहेकोमाआफु अध्यक्षमा निर्वाचित भएमा संघको सदस्य संख्या १५ लाखसम्मपुर्याउँने लक्ष्य रहेको उनले बताईन । उनले भनिन ,‘लाखौँ नेपालीविदेशमाकामगरेर देशमा रेमिटेन्स पठाइरहेका छन । उनीहरूलाई त मतदानको अधिकारबाट बञ्चित छन,त्यो अधिकार सबैले पाउँनुपर्छ ।’

अहिले नागरिकताविधेयकपास हुननसकिरहेको अवस्थामानागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउने उनले बताईन।
उनले विदेशमाहासिल गरेका सीपलाई व्यावसायिकीकरण गर्ने योजना समेत रहेको बताइन । विदेशबाट एक जना नेपालीले सिकेर आएको सिपलाई यहाँआएर अन्यलाई तालिमदिएर धेरै जनालाई सिपयुक्तबनाउन सकिने उनको भनाई छ । संघको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमाथापाले उपाध्यक्षमा सबैभन्दा बढी मतले चुनावजितेकीथिइन ।

घोषणा सभामा नै उपाध्यक्षपदमाजयप्रकाश गुरुङ र महासचिवमाविनयअधिकारीले उम्मेदवारी दिने घोषणा गरेका छन । दशौं अन्तर्राष्ट्रिय महाधिवेशनकालागि संघको अध्यक्षपदमा अमेरिकानिवासीथापा,बेलायतकाकुलआचार्य र रसियाका डा. बद्री केसीबीचअध्यक्षमाप्रतिस्पर्धाहुने देखिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewstechnology
Comments (0)
Add Comment