प्रतिनिधिसभाबाट दुई विधेयक पारित

०७ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । दुवै विधेयक बैठकले बहुमतले पारित गरेको हो । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनुभएको थियो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment