अमेरिकामा एकैदिन एक लाख १२ हजार कोरोना संक्रमित थपिए, मृत्यु कति ?

०६ आश्विन, काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ खाल ४३ हजार ८७९ जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा एक लाख १२ हजार १३५ जना थपिएका छन् । मंगलबार ७३ हजार ६९४ जना संक्रमित थपिएका थिए ।

बेलायतमा ३१ हजार, ५६४, टर्कीमा २९ हजार ३३८ थपिदा भारतमा २७ हजार ३३३ जना संक्रमितको पहिचान भएको छ ।

यसैगरी रुसमा १९ हजार, १७९ जना, इरानमा १७ हजार ५६४, फिलिपिन्समा १६ हजार ३६१, मलेसियामा १५ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ब्राजिलमा भने दैनिक थपिने संक्रमितको संख्या राखिएको छैन ।

यही अवधिमा ८ हजार ५४ जना कोरोना संक्रतिको मृत्यु भएको छ । मृतकको संख्या पनि अमेरिकामा सबैभन्दा धेरै छ । जहाँ एकै दिन एक हजार ८६४ जनाको मृत्यु भएको छ । रुसमा ८१२, ब्राजिलमा ४४८, भारतमा ३८५, इरानमा ३७९, बेलायतमा २०३ जना संक्रमितको मृत्यु भएको छ ।

मंगरबार भने विश्वभर ३ लाख ८१ हजार थपिदा झण्डै साढे ५ हजारको मृत्यु भएको थियो ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewstechnologyUSA
Comments (0)
Add Comment