थामी कलासंस्कृतिसम्बन्धी पुस्तकको विमोचन

०४ असोज, चरीकोट । जिल्लाको उत्तरी क्षेत्रमा मुख्य बसोबास रहेको अल्पसङ्ख्यक जाती थामीको भाषा संस्कृति तथा कलालाई समेटेर तयार पारिएको पुस्तक ‘नानको आथाङ उलाम’ (अँध्यारोबाट उज्याले तर्फ) नामक पुस्तक आज विमोचन गरिएको हो ।

नेपाल थामी समाज दोलखाले तयार पारेको पुस्तकको पूर्वमन्त्री पार्वत गुरुङले विमोचन गर्नुभएको हो । दोलखालाई उदगम थलो बनाइ जिल्लाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका अल्पसङ्ख्य जातिका रुपमा सूचीकृत जनजातीमध्येको एक थामी जातीको विभिन्न भाषा, संस्कृति तथा कला जस्ता विषय पुस्तकमा समावेश गरिएको छ ।

उक्त पुस्तक प्रकाशन गर्न सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो । पुस्तक विमोचन गर्दै पूर्वमन्त्री गुरुङले यस पुस्तकले देशका विभिन्न ठाउँमा बसोबास गर्ने थामी समुदायको संस्कति तथा कला संरक्षणका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । विभिन्न जातजातीको धर्म संस्कृति तथा कला राज्यको सम्पत्ति भएको र ती कला संस्कृति आधुनिकतासँगै विस्तारै लोपहुँदै जान थालेका हुँदा सबैले संरक्षणका लागि पहल चाल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

थामी सङ्ध नेपालका केन्द्रीय महासचिव तथा पुस्तकका सम्पादक लक्ष्मण थामीले राज्यको स्रोतसाधनमा पहुँच कम भएको थामी समुदायलाई समेटर सार्वजनिक गरिएको पुस्तकाले अन्य समुदायलाई समेत सहयोग पुग्ने बताउनुभयो । आधुनिकतासँगै भाषा संस्कृति हराउँदै गएको र पछिल्लो पुस्ताले भुल्दै जान थालेपछि थामी सम्बन्धी अध्ययनका लागि पछिल्लो पुस्ता तथा अन्य व्यक्तिलाई समेत पुस्तकले सहयोग पुग्ने गरी प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

BookbusinessCoronavirusCovid-19Covid19Dashaindigital khabardigitalkhabareduicationFestivalhealthInternationalLockdownnepalNewsPolitictechnologyTihar
Comments (0)
Add Comment