इन्द्रदहमा बिहानैदेखि भक्तजनको भीड

०४ असाेज, काठमाडाैं । आइतबार राति दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै इन्द्रदह परिसरमा रहेको इन्द्रको मन्दिर क्षेत्रमा बत्ती बालेका भक्तजनले बिहानै इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवी–देवताको पूजा आराधना गरेका छन् ।

चन्द्रागिरि–१ मा पर्ने यो धार्मिकस्थलमा प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन लाखौँ भक्तजन पुग्ने गरेका छन् ।

गत वर्ष कोरोना महामारीका लागि मेला स्थगन गरिएकामा यस वर्ष स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिइएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मेलाका लागि विसं २०७६ मा जस्तो प्रचारप्रसार भने नगरिएको उहाँले सुनाउनुभयो ।

आस्थाका आधारमा आउने भक्तजनलाई स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक कर्म गर्न खुला गरिएको छ । भक्तजनका लागि मास्क अनिवार्य गरिएको नगरपालिकाले जनाएको छ ।

मेलाका अवसरमा नगरपालिका–१, २ र ३ का विद्यालयलगायत कार्यालयमा स्थानीय पर्व बिदा दिइएको पनि उहाँले जानकारी दिनुभयो ।

दिवङ्गतहरु स्वर्ग पुग्ने भएकाले त्यहाँका राजा इन्द्रको विशेष पूजा आराधना गरिने यो अवसरमा इन्द्रदहमा बत्ती बाल्ने र स्नान गरी पूजा आराधना गरे शान्ति मिल्ने धार्मिक विश्वास छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarFestivalhealthIndra DahaLockdownMelanepalNewsPolitictechnology
Comments (0)
Add Comment