अमेरिका छिर्न ३८ लाख तिरेका ६० नेपाली जर्मनीमा पक्राउ

०४ आश्विन, काठमाडौं । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्रयांकफर्ट विमानस्थलबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा यही रुटबाट मेक्सिको पुगेपछि प्रहरीले फ्रयांकफर्ट फर्काइदिएका र मेक्सिको उड्ने तयारीमा छन् । जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काका अनुसार मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने जर्मन सुरक्षा निकायले बताएको छ ।

विमानस्थलको ट्रन्जिटस्थित प्रहरी नियन्त्रणमा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारण आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै भने, हामी यहाँ ६ दिनदेखि सुरक्षा घेरामा छौं । प्रहरी नियमानुसार अब दुई दिनभन्दा राख्दैन । अझै मेक्सिकोे जाने आसमा छौं ।

ती नेपालीका अनुसार आफन्तको विशवासमा परेर उनीहरुले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपैयाँ तिरेका थिए । राजदूत खड्काका अनुसार दूतावासले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली आफ्नो नियन्त्रणमा रहेको बताएको छ ।

पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको छ ।

फ्रयांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालका अनुसार १८ जनासहित मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपालीसमेत गरी करिब ६० जना छन् । कान्तिपुर

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitictechnology
Comments (0)
Add Comment