चीनबाट थप कोरोनाविरुद्धको खोप शुक्रबार नेपाल आइपुग्ने

०१ अश्विन, काठमाडौँ । सरकारले चीनबाट खरिद गरेको ४४ लाख भेरोसेल खोप आज नेपाल आइपुग्ने भएको छ ।

उक्त खोप ल्याउन नेपाल एयरलाइन्सको वाइडबडी विमान राति ११ बजे उडेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार चीनसँग खरिद गरिएको उक्त खोप शुक्रबार दिउसो २ बजे नेपाल आइपुग्नेछ ।

सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल ल्याइसकेको छ । नेपालमा अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको छ ।

सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

ChinaCoronavirusCovid-19digital khabarhealthLockdownNAnepalNewsPolitictechnologyVaccine
Comments (0)
Add Comment